‘पत्रकार हुँ’ भन्दै ठगी गर्न खोज्ने वीरगञ्जका रवि वर्णवाल पक्राउ

कोल्हवी न्यूज
२०८० कार्तिक ३, शुक्रबार १८:१८

‘पत्रकार हुँ’ भन्दै अर्को पत्रकारको चरित्र हत्या गरी दसैँ खर्च मागेको आरोपमा बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १० अशोकवाटिका निवासी २६ वर्षीय रवि कुमार वर्णवाल रहेको बारा प्रहरीले जनाएको छ ।

वर्णवालले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको प्रहरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनले उक्त सामाग्री प्रकाशन गरेबापत दसैँ खर्च माग गरेका थिए । साथै उनले उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*