जुकरबर्ग भिड्न तयार भए मार्सल आर्ट सिक्छुः एलन मस्क
एलन मस्कले मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग केज फाइट (फलामको रिङभित्र खेलिने) का लागि तयार भए आफू मार्सल आर्टको तालिम लिने बताएका छन् ।
जापानी मार्सल आर्ट जियु-जित्सु (Jiu-jitsu) सिकेका मार्क जुकरबर्गसँग मस्कले मंगलबार लस भेगसमा केज फाइट खेल्न तयार भएको ट्वीट गरेका थिए ।
“मैले अझै तालिम सुरु गरेको छैन । यदि यो सम्भव भयो भने म तालिम लिनेछु,” मस्क एन्ड स्पेस रेस (Musk and Space Race) की लेखक एश्ली भेन्ससँग मस्कले गरेको कुरालाई उदृित गर्दै रोयटर्सले लेखेको छ ।
रोयटरसका अनुसार मस्कले एक अनौपचारिक कार्यक्रममा यो भिडन्त वास्तवमै हुने बताएका छन् । मस्क र जुकरबर्गबीच ट्वीटर र इन्स्टाग्राम पोस्टलाई लिएर भिड्ने बताए पनि औपचारिक रूपमा केज फाइट हुने वा नहुनेबारे अहिलेसम्म पनि स्पष्ट छैन ।










