विश्वकप छनोटः वेस्ट इन्जिडविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

कोल्हवी न्यूज
२०८० असार ७, बिहीबार १३:०९ गते

आईसीसी विश्वकप छनोट खेल अन्तर्गत अहिले १२ः४५ बजेदेखि प्रारम्भ हुने आफ्नो तेस्रो खेलमा नेपालले पहिलो पटक वेस्ट इन्डिजको सामना गर्दैछ ।

आजको खेलअघि गरिएको टस नेपाल जितेको छ र पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । टस हारेको वेस्ट इन्डिजले अब पहिला ब्याटिङ गर्नेछ ।

नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसंग पहिलो पटक खेल्न लागेको हो ।

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्बेसंग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ । त्यस्तै अमेरिकालाई पहिलो खेलमा पराविजत गरेको वेस्ट इन्डिजले आज नेपालसंग दोस्रो खेल खेल्न लागेको हो ।

आजको खेलमा नेपालको तर्फबाट कुशल भूर्तेल, आशिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी ,सन्दीप लामिछाने तथा ललित राजवंशीले खेल्दैछन् ।

बेस्ट इन्डिजको तर्फबाट बिए किङ, केआर मायर्स, एसडी होप, निकोलस पूरन, आरएल चेस, आर पावेल, जेसन होल्डर, केएमए पाउल, एएस जोसेफ तथा एजे हुसैन खेल्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*