एसीसी महिला टी–२० इमर्जिङ टिम्स कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

कोल्हवी न्यूज
२०८० जेष्ठ ३०, मंगलवार १२:२६ गते

हङकङमा जारी एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पाराजित भएको छ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनायो। बलिङ सानदार गरेको नेपालको ब्याटिङ जम्न नसक्दा हार बेहोरेको छ। नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए।

यसअघि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा समेटेका थिए। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*