एएफसी यू-२० महिला एसियन कप छनोट: नेपालले म्यानमारसँग खेल्दै

कोल्हवी न्यूज
२०८० जेष्ठ २३, मंगलवार ०८:०२ गते

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले मंगलबार आज घरेलु टोली म्यानमारको सामना गर्दैछ।

यानगोनस्थित थुवुन्ना स्टेडियममा हुने खेलमा नेपालले ५:४५ मा घरेलु टोली विरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र म्यानमार दुवै टिम एक अर्कालाई हराएर प्रतियोगिताको सुखद सुरुवातको प्रतिक्षामा रहेका छन्।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले जित्नका लागिनै मैदानमा उत्रिने बताए।

उनले भने ‘पहिलो चरणको सफलताले टिमको मनोबल उच्च भएको छ। हामी जुनसुकै टिमलाई हराउन सक्ने भएका छौं। त्यसैले हामी सुरुवातबाटै जितका लागि मैदानमा उत्रिने छौं।’ छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेर चीन, म्यानमार र चाईनिज ताइपेसँग प्रतिस्पर्धा गर्दै छ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा बिहीबार तुलनात्मक रुपमा बलियो चीनको सामना गर्ने छ।

त्यस्तै, नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्ने छ। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल समूह बिजेताको रुपमा दोस्रो चरणमा पुगेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*