महिला विश्वकप सुरु हुन ५० दिन बाँकी हुँदै साढे ८ लाख टिकट बिक्री

कोल्हवी न्यूज
२०८० जेष्ठ १८, बिहीबार ०७:५३ गते

महिला विश्वकप सुरु हुन् अब ५० दिन बाँकी छ । तर, टिकट बिक्री सुरु भइसकेको छ । अहिलेसम्ममा ८ लाख ५० हजार टिकट बिक्री भइसकेको फिफाले जनाएको छ । फिफाले महिला विश्वकपमा १.५ मिलियन टिकट बिक्री गर्ने योजना रहेको जनाएको छ ।

फिफा महिला विश्वकप फुटबल–२०२३ अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त हुँदैछ । महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।

अष्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा उद्घाटन खेल हुनेछ । जसमा ४५ हजार ५०० दर्शक अटाउने छन् । २०२३ महिला फुटबलका लागि ऐतिहासिक क्षण हुन गइरहेको छ फिफा महासचिव फात्मा समौराले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*