महिला टि २० क्रिकेटमा नेपाल आज मलेसियासँग भिँडदै

कोल्हवी न्यूज
२०८० जेष्ठ १६, मंगलवार ०८:१० गते

दोस्रो महिला टि-२० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ ।

नेपाली समय अनुसार बिहान ८ स् ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १-० ले अघि रहेको छ । पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो ।

नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*