९ वर्ष‍पछि रियलले जित्यो कोपा डेल रे को उपाधि

कोल्हवी न्यूज
२०८० बैशाख २४, आईतवार ०७:३६ गते

स्पेनिस कोपा डेल रे को उपाधि रियल म्याड्रिडले जितेको छ। रोड्रिगोले २ गोल गरेपछि रियलले २०१४ पछि उपाधि जितेको हो। रियलले ओसासुनामाथि २(१ को जित निकाल्दै च्याम्पियन बनेको हो।

रियललाई रोड्रिगोले दोस्रो मिनेटमानै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले स्पेनस कपको फाइनलमा १७ वर्षपछि सर्वाधिक छिटो गोल गरे। उनले १०६ सेकेन्डमानै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो पटक कोपा डेल रेको फाइनल खेलेको ओसासुनाले खेलमा रियलविरुद्ध दोस्रो हाफमा बराबरी गोल फर्काउँदै दबाब दिएको थियो। लुकास टोरोले ५८ औ मिनेटमा गोल गर्दै ओसासुनालाई बराबरीमा ल्याए।

१०३ वर्षे इतिहासमा मुख्य उपाधि जित्न संघर्षरत रहेको ओसासुना सफल भने भएन। ७० औं मिनेटमा रोड्रिगोले ब्यक्तिगत दोस्रो गोल गर्दा रियलले उपाधि जित्न सफल भयो। रियलको यो २० औं कोपा डेल रेको उपाधि हो।

रियल जारी सिजन अब युरोपियन च्याम्पियन्स लिगमा आफ्नो दबाब बनाउने ध्याउनमा रहेको छ। उसले मंगलबार म्यानचेस्टर सिटीसँग सेमिफाइनलको पहिलो लेगमा प्रतिस्पर्धा गर्दैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*