नापोलीले ३३ वर्षपछि जित्यो सिरी ए को उपाधि
२०८० बैशाख २२, शुक्रबार ०७:४५ गते
नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा यो उपाधि जितेको थियो ।
तेस्रो पटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक(एकको बराबरी खेल्दै नापोलीले उपाधि जित्न सफल भयो ।
खेलमा अग्रता भने १३औं मिनेटमा उडिनेसले लिएको थियो । ५२औं मिनेटमा बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।










