बाराको कोल्हवी -९ अडेम्बामा खुल्ला नक आउट फूटबल शुरु

कोल्हवी न्युज
२०८० बैशाख १२, मंगलवार ०६:३५ गते

कोल्हवी:बाराको कोल्हवि – ९ अडेम्बामा यहि बैशाख- ११ गते देखि खुल्ला नक- आउट फुटबल शुरु भएको छ।                                 श्री चन्द्र सुर्य युवा क्लब- अडेम्बाको आयोजनामा भएको उक्त कार्यक्रमको सभापति प्रकास चौधरी रहनु भएको थियो।प्रमुख अतिथिमा कोल्हबि नगरपालिका वडा न.९ का वडा अध्यक्ष दलक चौधरी रहनु भएको थियो।यसैगरि बिशिस्ट अतिथिहरुमा भुपेन्द्र चौधरी ,प्रभा देबि चमईन,रत्नमाला चौधरी ,रामचन्द्र साफि,श्री नारायण चौधरी ,सन्जय चौधरी र ध्यानि चौधरि लगायतको रहेको थियो।                                                                              उक्त नक आउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. पचिस हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन।दोश्रो हुनेले रु. दश हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने छन।                      प्रतियोगिताको उद्घाटन खेलमा मान्सि बाबा युवा क्लब रम्पुर्वा बारालाई भङला युवा क्लब रौतहटले २-० गोल अन्तरले बिजयि भएको थियो। उक्त प्रतियोगिता यहि बैशाख ११ गते देखि २७ गते सम्म सन्चालन हुने छ।उक्त प्रतियोगितामा स्थानिय २६ टिमको सहभागिता रहने आयोजकले बताएको छ। कर्यक्र्मको सन्चालन धिरेन्द्र पनुहरले गर्नु भएको थियो।( फोटो फिचर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*