एफए कपको उपाधिका लागि म्यानचेस्टर डर्बी भिड्ने

बारामा बिहानैदेखि हावाहुरी चलेको छ।
कोल्हवी न्यूज
२०८० बैशाख ११, सोमबार ०८:४४ गते

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ।

युनाइटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा हराउँदै म्यानचेस्टर सिटीसँगको उपाधि भिडन्त पक्का गरेको हो।

वेम्बलीमा भएको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन् । थपिएको समयमा पनि गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो।

युनाइटेडका डिफेन्डर भिक्टर लिन्डलोफले प्रहार गरेको बल बाहिरियो। यस्तै, सोली मार्चले ब्राइटनका लागि गरेको प्रहार बारमाथिबाट बाहिरियो। दुवै टिमका गोलरक्षकको प्रदर्शन उत्कृष्ट रह्यो।

युनाइटेडका डेभिड डि गियाले केही उत्कृष्ट बचाउ गरे। अतिरिक्त समयमा मार्कस रासफर्डले गरेको प्रहार ब्राइटनका रोबर्ट सान्चेजले रोकेका थिए। त्यसपछि भएको पेनाल्टी सुटआउटमा १२ पेनाल्टीपछि खेलको निर्णय भएको थियो।

मार्चको प्रहार बिफल हुँदा लिन्डलोफले निर्णायक गोल गर्दै युनाइटेडको जित सुनिश्चित बनाएका हुन्।

एफएको फाइनल आगामी जुन ३ मा हुनेछ। म्यानचेस्टर डर्बीको फाइनल खेल एफए कपमा पहिलो पटक हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*