फुटबल टिमको रणनैतिक प्रशिक्षण हुने, प्रशिक्षक एनेसले बोलाए २६ खेलाडी

कोल्हवी न्यूज
२०७९ चैत्र ३०, बिहीबार ०८:११ गते

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो उनेसले आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिपलाई ध्यानमा राख्दै राष्ट्रिय टिमको ट्याक्टिकल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) गराउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार ट्याक्टिकल ट्रेनिङ आउने शुक्रबार दशरथ स्टेडियममा हुनेछ । हाल शहीद स्मारक ए डिभिजन लिग जारी रहेकोले प्रशिक्षक एनेसले खेलाडीहरुलाई फरक किसिमले प्रशिक्षण दिन लागेका हुन् ।

डबल राउण्ड रोविन लिग प्रणाद्यीमा भइरहेको लिग आगामी जेठसम्म चल्नेछ । जसले गर्दा नेपालले लिग सकिए लगत्तै साफ च्याम्पियनसिपका लागि तयारी गर्ने समय धेरै पाउने छैन ।

एनेसले ट्याक्टिकल ट्रेनिङका लागि २६ खेलाडी बोलाएको एन्फाले जनाएको छ ।

केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कप खेलेको टिममा केही परिवर्तन भएको छ । कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु र डिफेण्डर रोहित चन्दले विदेशी लिग खेल्न देश बाहिर छन् ।

यस्तै भरत खवास, सुमित श्रेष्ठ र पदम भट्टराईलाई टिममा राखिएको छ ।

एनेसले थ्री नेसन्सका लागि टिममा नरहेकाहरु जावलाखेलका गोलकिपर अनिस देउला, मनाङ मर्स्याङ्दीका डिफेण्डर आशिष गुरुङ, मछिन्द्र एफसीका डिफेण्डरद्वय छिरिङ गुरुङ र देवेन्द्र तामाङ, त्रिभुवन आर्मी एफसीका मिडफिल्डर सेसेहाङ आङदम्बे र परवार्ड जिलेस्पीजंग कार्की, थ्रीस्टारका मिडफिल्डर दिपेश गुरुङ र मछिन्द्रका फरवार्ड विमल घर्ती मगरलाई ट्याक्टिकल ट्रेनिङमा बोलाएका छन् ।

खेलाडी सूची

गोलकिपरः अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ एफसी), विकास खवास (त्रिभुवन आर्मी एफसी), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), छिरिङ गुरुङ र देवेन्द्र तामाङ (मछिन्द्र एफसी), आदित्य चौधरी (जावलाखेल युथ क्लब),, निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र एफसी), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ एफसी), कमल थापा (मनाङ मर्स्याङ्दी क्लब), मणिकुमार लामा (एपीएफ एफसी), सेसेहाङ आङ्देम्बे (त्रिभुवन आर्मी एफसी), दिपेश गुरुङ (थ्रीस्टार क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), दिपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र एफसी), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी एफसी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*