साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ५–० गोलले हरायो

कोल्हवी न्यूज
२०७९ चैत्र ९, बिहीबार ०८:२९ गते

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । बङ्लादेशको ढाकामा हिजो भएको खेलमा नेपालले भुटानलाई ५–० गोलले हराएको हो ।

नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपालले भुटानलाई हराएर २ खेलमा ३ अङ्क जोडेको छ । सोमवार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो ।

पहिलो खेलमा भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ ।

यस्तै, नेपालले अर्को हप्ताको मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*