साफ यू–१७ महिला फुटबलमा आज भुटानसँग भिड्दै नेपाल

कोल्हवी न्यूज
२०७९ चैत्र ८, बुधबार १५:५६ गते

साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज भुटानसँग भिड्दै छ।

बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समयानुसार राति सवा ७ बजेपछि सुरु हुनेछ।

नेपाल आजको खेलमा भुटानलाई हराउँदै च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्न चाहन्छ। नेपाली टोलीको कप्तानी दीपा रोकायाले गर्नेछिन्।

पहिलो खेलमा भारतसँग ४–१ गोल अन्तरले हारेको नेपाल आज भुटानलाई हराउन चाहन्छ।

उता पहिलो खेलमा बंगलादेशसँग ८–१ को फराकिलो हार बेहोरेको भुटान बलियो टोली नेपाललाई हराउने योजनामा हुनेछ।

आज पहिलो खेलमा बंगलादेश र रसिया भिड्दैछन्। सो खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजेपछि सुरु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*