युनाइटेड एफएकपको सेमिफाइनलमा

कोल्हवी न्यूज
२०७९ चैत्र ६, सोमबार ०७:३३ गते

म्यानचेस्टर युनाइटेडले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार फुलहमलाई ३–१ ले पराजित गर्दै एफएकपको सेमिफाइनल यात्रा तय गरेको छ । खेलको अन्त्यमा फुलहम नौ खेलाडीमा सीमित रहेको थियो ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा फुलहमले १५ मिनेटको अन्तरमा तीन गोल खाएको थियो । यसमध्ये दुई गोल ब्रुनो फर्नान्डेजको नाममा रह्यो भने एक गोल मार्सेल सबिट्जरले गरे ।

वेम्बलीमा हुने सेमिफाइनलमा युनाइटेडले अब ब्राइटनको सामना गर्नेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी र सेफिल्ड युनाइटेड भिड्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*