पीएसजीको अपराजित यात्रामा पूर्णविराम

कोल्हवी न्यूज
२०७९ चैत्र ६, सोमबार ०७:३२ गते

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा आइतबार रेनेसको हातबाट २–० को हात बेहोरेको छ र यससँगै टिमले सन् २०२१ यता पहिलो पल्ट घरेलु मैदानमा हार बेहोर्‍यो । पीएसजीमाथि रेनेसको यो लिग डबल जित पनि हो ।

खेलको प्रत्येक हाफमा कार्लो टोको र आर्नोड कालिमोन्डोले गोल गरे । यससँगै पीएसजीको घरेलु मैदानमा ३५ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । पीएसजी अन्तिम पटक लिगमा मोनाकोसँग लिगमा पराजित भएको थियो ।

हारका बावजुत पीएसजी अझै पनि अंक तालिकाको शीर्ष स्थानमा छ । उसको २८ खेलबाट ६६ अंक छ । समान खेलबाट दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*