प्रथम कोल्हवी भलिबल कपको उपाधि शसस्त्र प्रहरी क्लब काठमाण्डौलाई
कोल्हवी: बाराको कोल्हविमा सम्पन्न प्रथम भलिबल कप २०७९ को उपाधि नेपाल शसस्त्र प्रहरी क्लब- काठमाण्डौले जितेको छ।
कोल्हविमा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब काठमाडौंलाई नेपाल शसस्त्र प्रहरि क्लब काठमाण्डौले २५-१८,२५-२१ र २५-१५ को सोझो सेटमा जितेको हो।त्यसैगरि आजै भएको खेलमा पाथिभरा टाईगर झापाले मधेस प्रदेश जनकपुरलाई हराउदै तेस्रो हुन सफल भएको छ।
यस प्रथम कोल्हवि भलिबल कपको प्रथम हुनेले रु दुई लाख पाँच हजार नगद सहित मेडल,प्रमाण-पत्र प्राप्त गरेका छन।दोस्रो भएको नेपाल पुलिस क्लबले रु एक लाख पाँच हजार सहित मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन भने तेस्रो हुने पाथिभरा टाईगर झापाले रु पचपन्न हजार सहित मेडल प्रमाण-पत्र प्राप्त गरेका छन।










