नेपाललाई पहिलो ओभरमै सफलता

कोल्हवी न्यूज
२०७९ फाल्गुन २८, आईतवार १४:३२ गते

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएई पहिलो ओभरमै विकेट लिएको छ । जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले पहिलो ओभरमा कुनै रन बनाउन नसक्दा एक विकेट गुमाएको छ ।

युएईका आसिफ खान र आर्यन लाक्रा क्रिजमा छन् । स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका हुन् । यसअघि मध्यक्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो । कप्तान मोहम्मद वासिम भने मध्यक्रममा खेल्नेछन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९।२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।

नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । युएई पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ ।

नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ । बाँकी दुवै खेलमा पराजित भएपनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै ओडिआई मान्यता पक्का गर्ने हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*