१२ देशका खेलाडीसँग भिड्न नेपालकाे कबड्डी टोली बंगलादेश जाँदै, काे-काे परे ?

कोल्हवी न्यूज
२०७९ फाल्गुन २७, शनिबार ०८:११ गते

तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली आज बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य(सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले हिजो एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीहरूमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति छन् । प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव छन् ।

मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए । महासचिव प्रजापतिका अनुसार नेपालसहित श्रीलंका, बंगलादेश, थाइल्यान्ड, मलेसिया, इराक, इन्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्यान्ड र बेलायत सहभागी हुने छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*