प्रथम कोल्हवी भलिबल कप आज बाट शुरु- उद्घाटन खेलमा पुलिस बिजयि
कोल्हवी:मधेस प्रदेश अन्तर्गतको बारा को कोल्हवीमा आज बाट प्रथम कोल्हवी भलिबल कप २०७९ आज बाट शुरु भएको छ!
कोल्हवी नगरपालिकाको प्रायोजन रहेको उक्त कार्यक्रमको आयोजना जन शक्ति क्लब कोल्हवी रहेको छ।कार्यक्रम कोल्हवी न.पाका मेयर रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा शुरु भएको उक्त कार्यक्रमका विशिष्ट अतिथिहरुमा कोल्हवी न.पाकि उप-मेयर लक्ष्मी कुमारी चौधरी ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख नवीन चौधरी वडा न.१ का वाडा अध्यक्ष राज हरण चौधरी वडा न.२ का गोपाल अधिकारी,३ न.वडा अध्यक्ष किशुनदयाल चौधरी ,१० न.वडाका वडा अध्यक्ष कुन्ज बिहारि चौधरी,ई.प्र.का – कोल्हवि,सशस्त्र प्रहरि बेश क्याम्प कोल्हविका प्रमुख देवेन्द्र चौधरी ,
कोल्हवि नगर उध्योग बाणिज्य संघ कोल्हविका अध्यक्ष लक्ष्मी साह कलवार,साझेदारि सामुदायिक बनका अध्यक्ष रबिन्द्र पनुहर,सपहि कलेजका अध्यक्ष केवल प्रसाद चौधरी,पुर्व वडा अध्यक्ष बिरेन्द्र चौधरी,ने.क.पा एमाले कोल्हवि नगर कमिटि अध्यक्ष पुरनदेव चौधरी,उद्द्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु ढुण्डिराज उप्रेती,महेश कुमार साह,पुर्व-उप मेयर सुनैना देवि थरुनि लगायतका माहानुभावहरु रहनु भएको थियो।
कार्यक्रमको सभापतित्व आयोजक जनशक्ति क्लबका अध्यक्ष खुशि चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियो।आजको उद्घघाटन खेलमा आयोजक जनशक्ति क्लब कोल्हवि बारालाई नेपाल पुलिस क्लब-काठमाण्डौले २५-१४,२५-१० र २५-१३ ले सोझो सेटमा बिजयि भएको थियो।भोलिको खेल सशत्र प्रहरि बल- काठमाण्डौ,मधेस प्रदेश- जनकपुरधाम,मकवानपुर भलिबल संघ- हेटौंडा,पाथिभरा टाईगर भलिबल क्लब- झापा बिच हुने आयोजकले जनाएको छ।










