च्याम्पियन्स लिगबाट बाहिरियो पीएसजी

कोल्हवी न्यूज
२०७९ फाल्गुन २५, बिहीबार ०८:०५ गते

विश्वकपका स्टारद्वय लियोनल मेस्सी र किलियन एम्बाप्पेसम्मिलित पीएसजीले च्याम्पियन्स लिगका लागि फेरि अर्को वर्ष कुर्नुपर्ने भएको छ। यूएईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग पराजय ब्यहोरेसँगै फ्रेन्च क्लब पीएसजी अन्तिम १६बाटै बाहिरिएको छ। एलिनाज एरेना स्टेडियममा गएराति सम्पन्न दोस्रो लेगको खेलमा २-० गोलअन्तरले पराजित भएको पीएसजी समग्रमा ३-० ले पराजित हुँदै बाहिरिएको हो। यसअघि पहिलो लेगको खेलमा पीएसजी १-० गोलअन्तरले पराजित भएको थियो।

गएराति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ६१ औं मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ८९ औं मिनेटमा सर्ज गनब्रीले गोल थप्दा २-० गोलको सहज जित निकालेको हो। मेस्सी र एम्बाप्पेसम्मिलित पीएसजीको टोलीमा नेइमार भने चोटका कारण सम्मिलित थिएनन्।

गएराति नै सम्पन्न च्याम्पियन्स लिगको अर्को खेलमा इङ्ग्लिस क्लब टोटेनहम हट्स्पर र इटालियन क्लब एसी मिलान बराबरीमा रोकिए। तर, पहिलो लेगको खेलमा १-० गोलले जितेको एसी मिलान समग्रमा १-० कै गोलअन्तरले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*