चेल्सी र बेन्फिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
इंग्लिस क्लब चेल्सी च्याम्पिन्यस लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार विहान भएको प्रि क्वाटरफाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो लेगमा १-० गोल अन्तरले पराजित भएको चेल्सीले घरेलु मैदानमा २-० को जित निकाल्दा समग्रमा २-१ को जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र काइ हभार्ट्जले एक एक गोल गरेका थिए ।
४३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै जित पक्का गरेको हो ।
५३ औं मिनेटमा हर्भाटर््जले पेनाल्टीमा गोल गरेपछि डर्टमुन्ड सवै प्रतियोगितामा गरी १० खेलमा रहेको अपराजित यात्रामा पूर्णविराम लगाए ।
यस्तै, च्याम्पियन्स लिग अन्तर्गतकै अर्को खेलमा पोर्चुगलको क्लब बेन्फिकाले बेल्जियमको क्लब ब्रुग्समाथि ५-१ गोलको जित दर्ता गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ ।
पहिलो लेगमा २-० ले विजयी भएको बेन्फिकाले समग्रमा ७(१ को जित पक्का गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो । एजेन्सी










