पीएसजीको जितमा एमबापेको कीर्तिमानी गोल
केयलिन एमबापेले क्लबका लागि गरेको २ सय १ औं गोलको मद्दतले पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले शनिबार फ्रान्सेली लिग वानमा नेन्ट्समाथि ४–२ को जित निकालेको छ । उनले ९२ औं मिनेटमा गोल गरे ।
यससँगै उनले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा रहेका एडिसन कभानीलाई उछिने । डिसेम्बरमा २४ वर्ष मात्र पुगेका एमबापेले आफूलाई विश्व फुटबलका सबैभन्दा ठूला स्टारका रूपमा स्थापित गरेका छन् ।
सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका उनले यस सिजन ३० गोल गरिसकेका छन् । यससँगै पीएसजीका लागि उनको गोल संख्या २ सय ४७ पुगेको छ । उपाधितर्फ उन्मुख पीएसजी २६ खेलबाट ६३ अंकसहित लिगको शीर्ष स्थानमा छ ।एजेन्सी










