कोल्हवीमा भएको चेरवन्त गोल्डकपको महिला मैत्री फुटबलमा हेटौंडा बिजयी

कोल्हवी न्युज
२०७९ फाल्गुन १९, शुक्रबार २१:४४ गते

कोल्हवी:कोल्हवीमा आज भएको चेरवन्त गोल्डकप २०७९ मा निजगढ बारा र हेटौंडा बिच भएको महिला मैत्रीपूर्ण फुटबल खेलमा ट्राईबेकरमा हेटौंडा बिजयि भएको छ।
दुबै टिमको निकै रोचक प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसके पछि टाइब्रेकर बाट
२-४ को अन्त्तर गर्दै हेटौंडाले खेलको नतिजा निकालेको थियो।
उक्त महिला मैत्रीपुर्ण खेलको प्रमुख अतिथि कोल्हबि नगरपालिका कि उपमेयर लक्ष्मी कुमारी चौधरीले आफ्नो ब्यतिगत तर्फबाट लेडिज साइकल सहयोग गर्नु भएको हो। लेडिज साइकल निजगढ महिला टिमकि सोनि माझिले ओमेन अफ द मैच भइ साइकल प्राप्त गर्नु भएको थियो भने बाकी खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*