कोपा डेल रे : एल क्लासिकोमा बार्सिलोना विजयी

कोल्हवी न्यूज
२०७९ फाल्गुन १९, शुक्रबार ०८:१४ गते

इडर मिलिटाओले गरेको आत्मघाती गोलमा बार्सिलोनाले बिहीबार राति कोपा डेल रेमा चीरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई १–० ले पराजित गरेको छ ।

रियालविरुद्ध बार्सिलोनाको यो लगातार दोस्रो जित हो । यसअघि बार्सिलोनाले १५ जनवरीमा सम्पन्न सुपर कपको फाइनलमा पनि ३–१ ले पराजित गरेको थियो ।

सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी रोबर्ट लेवानडोवस्की, पेड्री र औसमाने डेम्बेले चोटका कारण उपलब्ध थिएनन् । तर बार्सिलोना विजयी नतिजा निकाल्न सफल भयो ।

पाहुना टोली बार्सिलोनाका फ्रांक केसीइले हानेको प्रहार रियालका गोलकिपर थिवाउट कोर्तुवाले बचाएका थिए । तर, रिबाउन्डमा आएको बल मिलिटाओको खुट्टामा लागेर पोष्टमा छिरेको थियो ।

बार्सिलोनालाई यो खेल जित्नै पर्ने दबाब थियो । क्याटलान क्लब गत शुक्रबार युरोपा लिगमा म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । आइतबार राति ला लिगामा पनि अल्मेरियासँग १–० ले पराजित भएको थियो ।

‘‘हामी खेल नियन्त्रणमा राख्नका लागि बल पोसेसन धेरै राख्न चाहन्थ्यौं । तर, कडा मिहिनेत गर्नुपर्यो । उनीहरूले बल नियन्त्रणमा राखे पनि गोलका अवसर धेरै सिर्जना गकेनन् । हामीले दोस्रो लेगमा १–० अग्रताको फाइदा लिन सक्नेछौं । जुन धेरै महत्त्वपूर्ण छ,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले भने ।

बार्सिलोना र रियालबीचको दोस्रो लेग ५ अप्रिलमा हुनेछ । त्यसअघि यी दुई प्रतिद्वन्द्वीले स्पेनिस ला लिगामा १९ मार्चमा प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*