केपी ओली कप फाइनल: सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा हुने

कोल्हवी न्यूज
२०७९ फाल्गुन १७, बुधबार ०७:४६ गते

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो ।

आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुदैँ आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुदैछ ।

नेकपा एमाले निकट युवा स‌‌घको आयोजनामा भईरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*