म्यानचेस्टर युनाइटेडले जित्यो काराबाओ कप

कोल्हवी न्यूज
२०७९ फाल्गुन १५, सोमबार ०८:२२ गते

म्यानचेस्टर युनाइटेडले काराबाओ कप (ईङलिश लिग कप) को उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्यूक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै काराबाओ कपको उपाधि जितेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्याग आएपछि जितेको यो पहिलो ट्रफी हो ।

साथै म्यानचेस्टर युनाइटेडले २०१६-१७ सिजनपछि पहिलो पटक कारबाओ कपको उपाधि जितेको छ । यो सहित युनाइटेडले कारबाओ कपको उपाधि छैटौं पटक जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*