विश्वकप लिग–२ : नेपालले आज पिएनजीविरुद्ध खेल्दै

कोल्हवी न्यूज
२०७९ फाल्गुन १५, सोमबार ०७:४६ गते

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएई भ्रमणमा रहेको नेपाली टोली आज पपुवा न्यूगिनी (पिएनजी) को सामना गर्दैछ । नेपाल र पिएनजीबीचको खेल बिहान ११ः४५ देखि दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

नेपाल पिएनजीलाई हराउँदै यूएई सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । लिग–२ तालिकाको शीर्ष तीनमा स्थान बनाउन नेपालले अब ८ मध्ये ७ खेल जित्नुपर्नेछ । साथै, नेपालले एकदिवसीय मान्यता जोगाउन ५ खेलमा जित हात पार्नुपर्नेछ ।

लिग–२ तालिकाको पुछारमा रहे पनि पिएनजीले विगतमा नेपाललाई हराएको छ । गत वर्ष मात्र उसले नेपाललाई घरेलु मैदानमै हराउँदै सिरिज जितेको थियो ।

गत वर्षको मार्चमा पिएनजीले नेपालविरुद्धको दुई खेलको सिरिज क्लिन स्विप गरेको थियो । पिएनजी यसपटक पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

नेपाल भने पछिल्लो दुई हार बिर्सँदै पिएनजीलाई हराउने रणनीतिमा छ । पिएनजीविरुद्धको पछिल्लो पाँच खेलमा नेपालले तीन म्याचमा जित हात पारेको छ ।

यूएई सिरिजका लागि नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, श्याम (मौसम) ढकाल, गुलशन झा र प्रतिस जीसी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*