अल्मेरियासँग बार्सा स्तब्ध, सात खेलको विजयी यात्रामा पूर्णविराम

कोल्हवी न्यूज
२०७९ फाल्गुन १५, सोमबार ०७:४४ गते

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता अझ फराकिलो बनाउने अवसर गुमाएको छ । आइतबार राति लिगको पुछारमा रहेको अल्मेरियासँग बार्सिलोना स्तब्ध बनेको हो ।

दोस्रो स्थानमा रहेको रियल मड्रिड शनिबार बराबरीमा रोकिएपछि बार्सालाई शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर थियो । तर, एल बिलाल टुरेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा बार्सा पराजित हुन पुग्यो ।

बार्सिलोनाको लगातार दोस्रो हार हो । गत बिहीबार युनाइटेडसँग पराजित हुँदै टोली युरोपा लिगबाट बाहिरिएको थियो । युनाइटेडसँग पराजित हुनअघि बार्सा सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा अपराजित रहेको छ । योसँगै ला लिगामा बार्साको लगातार ७ खेलको जीतको शृङ्खलामा पनि पूर्णविराम लागेको छ ।

२३ खेलपछि बार्सा ५९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । अल्मेरिया भने २५ अंकसहित लिगको १५ औँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*