बाराको कोल्हवीमा चेरवन्त गोल्ड कपको पहिलो संस्करण आजबाट शुरु
कोल्हवी:श्री मानसि बाबा युवा क्लब कोल्हबि ११ रामपुर्वाको आयोजनामा चेरवन्त गोल्डकप पहिलो संस्करण २०७९ को एक कार्यक्रम बिच आज कोल्हबि नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बति बालेर उद्घटन गर्नु भएको छ।
कार्यक्रमको प्रमुख अतिथि कोल्हबि न पा को मेयर रामप्रसाद चौधरी ,बिशिस्ट अतिथि उमपेयर लक्ष्मी कुमारी चौधरी ,अतिथिहरु वाड न ३ को अध्यक्ष किशुनदयाल चौधरी , १० का कुन्जबिहारी चौधरी ,११ का नन्द किशोर चौधरी , ११ का वडा सदस्य चन्दु प्रसाद चौधरी था.क.स बाराका सभापति राम प्रसाद चौधरी,समाजसेवि केवल प्रसाद चौधरी ,जगदेव चौधरी महेशकुमार साह जनशक्ति क्लब कोल्हबिका अध्यक्ष खुशि चौधरी,थारु युवा त्रियोगि राउत थारु पुर्व खेलाडी हरिनन्दन चौधरी लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपमेयर लक्ष्मी कुमारी चौधरी ,महेश कुनार साह ,केवल प्रसाद चौधरी लगाएतकोले शुभकामना मन्तव्य राख्नु भएको थियो । उदघाटन समारोह लाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएको कोल्हवि नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीले आफ्नो नगरपालिकामा नया खेलाडी उत्पादन गर्न आफु लागि परेको बताउनु भयो ।
खेल खेलेर आफ्नो पहिचान बनाउने खेलाडीहरुलाइ नगरपालिकाले सहयोग गर्ने जानकारी दिनु भयो। शनिबार N JJyc सिमरा र Byc महोत्तरी बिच प्रतिस्पर्धा भएको खेलमा महोत्तरी ० को विरुद्ध १ गोलले बिजय भएको हो। खेलको दोस्रो हाफको ३७ औ मिनेट जादा महोत्तरीका जर्सि न.५ का राजिव राखलले एक गोल गरेर आफ्नो टिमलाइ बिजयी गराउनु भयो।प्रतियोगिता अन्तर्गत आइतबार बारा११ बारा र कठार युवा क्लब चितवनको बिच प्रतिस्पर्धा हुने छ।
बिजेता क्लबले एक लाख पाँच सय शिल्ड मेडल प्रमाणपत्र र उपबिजेता क्लबले पचास हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। कार्यक्रमको सभापति निराजन चौधरी ,स्वागत मन्तव्य नन्दकिशोर किशोर चौधरी र कार्यक्रम संचालन द्रारिका चौधरीले गर्नु भएको थियो।










