बार्सिलोनालाई हराउँदै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

कोल्हवी न्यूज
२०७९ फाल्गुन १२, शुक्रबार ०७:२५ गते

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलको राउण्ड अफ १६ को यात्रा गरेको छ । गएराति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई २–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेडले अन्तिम १६ को यात्रा तय गरेको हो ।

क्याम्पनाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका थिए । ओल्ड ट्राफोर्डमा भने युनाइटेडले एक गोलको अग्रता उल्टाएर बार्सिलोनालाई हरायो ।

खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को रोमाञ्चक जित दिलाए ।

बार्सिलोना सन् १९९८र९९ को सिजनपछि पहिलोपटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न चुकेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*