कोल्हवीमा अन्तर बिद्यालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड

कोल्हवी न्युज
२०७९ फाल्गुन ८, सोमबार १८:२२ गते

कोल्हवी:बारा जिल्लाको कोल्हवि न.पा.मा कोल्हवि नगरपालिकाको आयोजना र अनुप दिपनि मा.वि,कोल्हविको सम्योजकत्वमा आज र भोलि अन्तर बिद्यालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भैरहेको छ।
कोल्हवि नगरपालिकाका मेयर राम प्रसाद चौधरीको प्रमुख आतिथ्यता सहित प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो। अनुप दिपनि मा.विका प्र.अ.राम प्रकास चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको स्वागत मन्त्ब्य कल्पना बरालले गर्नु भएको थियो।यसैगरि बिशिस्ट अतिथिमा कोल्हवि नगरपालिकाकि उप-प्रमुख लक्ष्मी कुमारि चौधरी,अनुप दिपनि मा.विका बिद्यालय ब्यब्स्थापन समितीका अध्यक्ष किशोरी प्रसाद चौधरि,कोल्हवि नगरपालिका शिक्षा शाखा प्रमुख मिश्रिलाल साह,वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी, जिल्ला खेल्कुद बिकास समितिका प्रतिनिधि प्रदिप कुमार शर्मा,ई.प्र.का कोल्हविका प्रमुख सन्तोष दाहाल रहनु भएको थियो।
यसैगरि अतिथिमा कोल्हवि न.पा वडा न.४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनालि, वडा न.३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,६ न. वडाअध्यक्ष दिनेश चौधरि लगाएतको उपस्थिति रहेको थियो। आज र भोलि हुने उक्त रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल,लङजम्प,हाईजम्प,सर्टपुट,१०० मि.दौड,२०० मि.दौड,४००मि.दौड मा बिध्यार्थिहरुले प्रतिस्पर्धा गर्ने छन।प्रतियोगितामा कोल्हवि नगर भित्रका ६ मा.वि हरुको उपस्थिति रहेको छ।कार्यक्रम्को सन्चालन नन्देश्वर कुमार चौधरीले गर्नु भएको थियो।कार्यक्रमको भोलि समापन हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*