नामिबियासँग स्कटल्यान्डले पायो १५४ रनको मध्यम लक्ष्य

कोल्हवी न्यूज
२०७९ फाल्गुन ३, बुधबार १३:२६ गते

काठमाडौंमा जारी नेपाल नामिबिया स्कटल्यान्ड सम्मिलित आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा नामिबियाले स्कटल्यान्डलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो।

नामिबियाका लागि ओपनर लो आन्द्रे लोन्सले ८८ बलमा ५४ रन बनाएका थिए। बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसके पनि बर्नान्ड स्कल्जले ३० रन र जेनले २५ रन बनाएका छन्।

निकै पेचिलो बलिङ गरेको स्कटल्यान्डका माइकल लिकले चार विकेट गिरा एभने साफयन शरिफ र मार्क वाटले समान ३,३ विकेट गिराएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*