एभर्टनविरुद्ध लिभरपुलको सहज जित

कोल्हवी न्यूज
२०७९ फाल्गुन २, मंगलवार ०८:२७ गते

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एभर्टनविरुद्ध सहज जित दर्ता गरेको छ । गएराति एनफिल्डमा भएको खेलमा लिभरपुलले पाहुना टोली एभर्टनविरुद्ध २–० को सहज जित दर्ता गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सल्लाह र कोडी गाक्पोले एकरएक गोल गरे । खेलको ३६ औं मिनेटमा डार्विन नुनियेजको पासमा सल्लाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो । यो जितपछि ३२ अंक जोडेको लिभपरपुल नवौं स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको आर्सनलको २१ खेलबाट ५० अंक रहेको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीको ४८ अंक छ । ऊ दोस्रो स्थानमा छ ।

 

लिभरपुलसँगको हारले एभर्टनले रेलिगेसन जोनबाट माथि उक्लने मौका गुमायो । १८ औं स्थानमा रहेको उसको २२ खेलबाट १८ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*