त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले नामिबियासँग खेल्दै

कोल्हवी न्यूज
२०७९ फाल्गुन २, मंगलवार ०८:२२ गते

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’ त्रिकोणात्मक सिरिज आजदेखि सुरू हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ। जसमा १४ जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ।

यसैगरी ३० खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो स्थानमा छ। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ।

नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*