प्रधानसेनापति कप अन्तरविद्यालय टि–२० रनिङ्ग क्रिकेट प्रतियोगिता शुरु

कोल्हवी न्यूज
२०७९ माघ २८, शनिबार ०७:१४ गते

सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा शुक्रबारबाट १४ औँ प्रधानसेनापति कप अन्तरविद्यालय टि–२० रनिङ्ग क्रिकेट प्रतियोगिता शुरु भएको छ । महाविद्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगिताको आज महाविद्यालयका व्यबस्थापन प्रमुख महासेनानी नारायणबहादुर थापा र प्रिन्सिपल दलप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटनसत्रमा गौरिघाटस्थित मोक्षदा स्कुल र पेप्सिकोलास्थित अक्षरा स्कुलबीच भएको पहिलो खेलमा मोक्षदाले टस जितेर अक्षरालाई ब्याटिङ् गर्ने निम्तो दियो ।

खेलमा अक्षराले २० ओभरमा चार विकेट गुमाएर ११६ रनको योगदान बनायो । ११७ रनको तार्गेट पछ्याउदै मोक्षदा स्कुलले २ विकेटको क्षतिमा ११८ रन बनाउन सफल भयो । ८ विकेटले म्याच जित्न सफल भयो । मोक्षदाका संयम नेपालले छ बल खेलेर अभिजित ७५ रन बनाउन सफल हुँदै खेलको म्यान अफ दि म्याच घोषित हुन सफल भए ।

प्रतियोगिताको दोस्रो खेलमा आयोजक सैनिक आवासीय महाविद्यालय र डीएभी स्कुलबीच भएको थियो । यस खेलमा डीएभीले टस जितेर ब्याटिङ् रोज्यो । १० दशमलव ५ ओभरमा १० विकेट गुमाएर जम्मा ३६ रन बनाउन सफल भयो । आयोजक सैनिक स्कूलले ६ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाई ७ विकेटले म्याच जित्यो । यस खेलमा ५ विकेट लिदै जेसन अधिकारी म्यान अफ द म्याच घोषित भए ।

नौ स्कुलको १० टिम सहभागी रहेको प्रतियोगिता १० दिनसम्म लिग चरणमा हुने र ११ औ दिनमा सेमिफाइनल खेल हुने महाविद्यालयका खेलकुद विभागका संयोजक रनजित राणाले जानकारी दिए ।

प्रतियोगिताका विजेता टिमलाई नगद रु. एक लाखसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र  तथा उपविजेता टिमलाई नगद रु. ५० हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा म्यान अफ द म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट बलरलगायतका पुरस्कार प्रदान गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*