रोनाल्डोको ४ गोलमा नसरको सहज जित

कोल्हवी न्यूज
२०७९ माघ २७, शुक्रबार ०८:२१ गते

साउदी प्रो लिगमा क्रिश्टियानो रोनाल्डो एक्लैले चार गोल गरेका छन्। बिहीबार राति भएको खेलमा रोनाल्डोको क्लब अल नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको खेलमा सबै चार गोल रोनाल्डोको नाममा रह्यो।

खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा अल नसर २(० ले अघि रह्यो। दोस्रो हाफमा पनि रोनाल्डोले आफ्नो उत्कृष्ट लय कायम राखे। उनले ५३ औं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेका थिए।

रोनालडोले खेलको ६१ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए। ४ गोल गरेसँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन्। जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ। नसरले १६ खेलमा ३७ अंक जोडेको छ।

एक खेल बढी खेलेको अल सवावको पनि समान ३७ अंक रहेको छ। नसरसँग पराजित वेह्दा १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*