बाराको कोल्हवीमा गैरकानुनी रुपमा निजि बिध्यालय सन्चालन

खोज रिपोर्ट
कोल्हवी न्युज ब्यूरो
२०७९ माघ २६, बिहीबार १५:४० गते

कोल्हवि: बारा जिल्ला अन्तर्गत पर्ने कोल्हवि नगरपालिका वडा न.८ नयाँ वस्तिमा गैर कानुनि रुपमा सन्चालक आङछिरिङ लामाले निजि बिध्यालय कडम्पा एकेडमीका नाममा गैर कानुनि रुपमा सन्चालन गर्दै आईरहेको तथ्य फेला परेको छ।                            उक्त निजि बिध्यालयको बोर्डमा २०७९ लेखिए पनि २ बर्ष देखि कानुनि मान्यता पुरा नगरि सन्चालन गरेको हो।यस बिषयमा कोल्हवि नगरपालिका शिक्षाा शाखा प्रमुख मिश्रि लाल साह सङ बुज्द्दा हाल सम्म कानुनि मान्यता प्राप्त गरि नसकेको जानकारि आएको छ।नगर पालिकाले निर्ण्य नगरि आफुले स्विकृत गर्ने अधिकार नभएकोले हालसम्म उक्त निजि बिध्याल्यले कानुनि मान्यता प्राप्त गरि नसकेको  स्विकारेका छन।                                                         उक्त बिध्यालय सन्चालनका लागि  एक बर्ष अघि २०७८/०९/२९ गते कोल्हवि नगरपालिका वडा न.८का पुर्व वडा अध्यक्ष सार्थक पौडेलले वडाको तर्फ बाट सिफारिस गरेका छन।त्यसै गरि श्री नेपाल रास्ट्रिय मा. वि. कोल्हवि -८ नयावस्ति र श्री जन ज्योति प्राथमिक बिध्यालय करैया-८ ख बाराले  सोहि मितिमा सिफारिस गरेको छ।जबकि नयाँ निजि बिध्यालय खोल्नु पुर्व उक्त बिध्यालयले अनुमति लिनु पर्ने सम्बन्धित निकाय सङ अनुमति नलिई सिफारिस र एउटा फर्म मात्र बिझाएको छ।                             त्यहिका केहि स्थनियका अनुसार सरकारि बिध्यालय धारासायि भइ बालबिकास कक्षा हाल्सम्म सन्चालनमा आउन नसक्दा उल्टै निजि बिध्यालय सन्चालनका लागि सिफारिस हुनु दुर्भाग्य पुर्ण रहेको बताएका छन। हाल कोल्हवि नगरपालिकामा सन्स्थागत १ र निजि १० बिध्यालयमा १ बन्द अवस्थामा, एक निजिको कक्षा अप ग्रेटको निवेदन परेको गरि नौ निजि बिध्यालय सन्चालनमा रहेका छन।                                                          यस विषयमा कोल्हवि नगरपालिकाका मेयर राम प्रसाद चौधरी लाई कोल्हवि न्युजले जानकारि गराउदा आफ्नो कार्यकालमा त्यस्तो निवेदन नपरेको र अघिल्लो कार्यकालमा परेको भए हेरेर परकृया पुरा नगरि सन्चालनमा आएको भए कारबाही गर्ने समेत बताउनु  भएको छ। यस बिषयमा पनि छलफल गरि छिटै अघि बढ्ने समेत बताउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*