मार्सेसँग पराजित हुँदै लिककपबाट बाहिरियो पीएसजी

कोल्हवी न्यूज
२०७९ माघ २६, बिहीबार ०८:२३ गते

फ्रेन्च लिग कपमा बुधबार राति पेरिस सेन्ट जर्मन ९पीएसजी० मार्सेसँग २–१ गोलको नतिजामा पराजित भएको छ। मार्सेको मैदानमा भएको खेलको ३१ औं मिनेटमा अलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गरेको गोलसँगै पीएसजी बराबरीमा फर्किएको थियो। तर, दोस्रो हाफमा पुनः गोल खाँदा पीएसजीले हार टार्न सकेन। मार्सेका रुस्लान मालिनोभ्स्कीले ५७औं मिनेटमा गरेको गोलसँगै लिएको २–१ को अग्रता जोगाउँदै मार्सेले क्वार्टरफाइनल यात्रा तय गर्‍यो।

पीएसजी भने प्रतियोगिताबाट बाहिरिएको छ। गत वर्ष पनि पीएसजी अन्तिम १६ मा निससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*