मिलान डर्बीमा इन्टरको रोमाञ्चक जित

कोल्हवी न्यूज
२०७९ माघ २३, सोमबार ०८:२३ गते

इटालीको सिरी ‘ए’ मा इन्टर मिलानले एसी मिलानलाई १–० गोल अन्तरले हराएको छ ।

गएराति सम्पन्न खेलमा इन्टरको जितमा लउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए ।

यो जितका बाबजुद इन्टर दोस्रो स्थानमा छ । ऊ अझै शीर्ष स्थानमा रहेको नोपोलीसँग १३ अंकले पछाडि छ । नापोलीले गएराति नैै भएको खेलमा स्पेजिआलाई ३–० ले हरायो । उसको ५६ र इन्टरको ४३ अंक रहेको छ ।

मिलान ३८ अंकका साथ छैटौँ स्थानमा छ । आइतबार राति नै भएका दुई खेलमा टुरिनोले युडिनेजीलाई १–० र बोलोग्नाले फियोरेन्टिनालाई २–१ ले हरायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*