पिच स्लोका कारण क्युरेटरले जागिर गुमाए

कोल्हवी न्यूज
२०७९ माघ १८, बुधबार ०७:४५ गते

भारतले न्युजिल्यान्डविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लखनउमा खेलेको थियो । यो खेल लखनउको एकना क्रिकेट रंगशालामा भएको थियो । घरेलु टोली भारत न्युजिल्यान्डलाई विशाल अन्तरले हराउने योजनाका साथ मैदानमा उत्रिएको थियो । तर, भारतले एक सय रनको सहज लक्ष्य पनि इनिङ्सको अन्तिम बलमा प्राप्त गर्‍यो ।

भारतको न्युजिल्यान्डमाथिको संघर्षपूर्ण जितको पछाडि स्लो पिच र टर्निङ थियो । कम गुणस्तरको पिच बनाएको भन्दै क्युरेटरलाई पदबाट हटाइएको छ । आइतबार भारतले एक सय रनको सामान्य लक्ष्य एक बलअगाडि ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

क्युरेटर सुरेन्द्र यादवले पिच स्लो बनाएका थिए । स्लो पिच भएका कारण नै न्युजिल्यान्ड र भारतका ब्याट्सम्यानले रन बटुल्न मिहिनेत गरेका थिए । खेलपछि भारतका कप्तान हार्दिक पान्ड्याले पिचको आलोचना गरेका थिए । त्यसपछि भारतीय टोलीका बलिङ प्रशिक्षक पारसले पनि क्युरेटरमाथि प्रश्न उठाए । प्रतिस्धर्पाको अन्तिम समयमा क्युरेटर यादवले पिच रातो बनाएका थिए । पहिला यो पिच कालो बनाउने भनिएको थियो ।

पिच बनाउन कम समय पाएका कारण नै रातो बनाएको यादवले बताएका छन् । तर, भारतीय क्रिकेट बोर्डसँग अनुमतिविना नै पिचको रङ परिवर्तन गरेको आरोप क्युरेटरमाथि लगाइएको छ । ‘हामीसँग पिच बनाउन समय निकै कम थियो, यसै कारण रातो पिच बनायौँ,’ यादवले भनेका छन् ।

न्युजिल्यान्डले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । बोर्डले तत्कालै यादवको स्थानमा अभुवी क्युरेटर सञ्जीवकुमार अग्रवाललाई जिम्मेवारी दिएको छ । ‘क्युरेटरलाई हटाइएको छ, अब अनुभवी क्युरेटर सञ्जीवकुमारले जिम्मेवारी सम्हाल्नेछन्,’ बोर्डले जनाएको छ, ‘यहाँ परिवर्तन गर्नेछौँ ।’

यसैबीच, भारतीय टोलीका टिम म्यानेजरले अन्तिम समयमा पिच परिवर्तन गर्न क्युरेटर यादवलाई दबाब दिएका थिए । भारत र न्युजिल्यान्डबीचको अन्तर्राष्ट्रिय टी–२० सिरिज १–१ को बराबरीमा छ । अब तेस्रो तथा निर्णायक खेल अहमदाबादमा बुधबार हुनेछ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*