मैत्रीपूर्ण फुटबलमा पीएसजीले साउदी क्लब रियाद–११ लाई हरायाे

कोल्हवी न्यूज
२०७९ माघ ६, शुक्रबार ०६:३६

तस्बिर : एजेन्सी

मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले साउदी क्लब रियाद अल स्टार–११ लाई हराएको छ ।

गए राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । उसका लिओनल मेस्सी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।

रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*