नसीमको उत्कृष्ट बलिङमा न्युजिल्याण्डविरुद्ध पाकिस्तानको सानदार जित

कोल्हवी न्यूज
२०७९ पुष २६, मंगलवार ०८:०५ गते

न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली पाकिस्तान ६ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा न्युजिल्याण्डले दिएको २ सय ५६ रनको पाकिस्तानले ४८.१ ओभरमा पूरा गर्‍यो ।

उसका लागि विकेटकिपर मोहम्मद रिजवान, कप्तान बाबर आजम र ओपनर फखर जमानले अर्धशतकीय पारी खेले । ८६ बलको सामना गरेका रिजवानले ६ चौका र एक छक्काको मद्दतमा अविजित ७७ रन बनाए । त्यस्तै, आजमले ८२ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ६६ रनको पारी खेले ।

जमानले ७४ बलमा सात चौकाको मद्दतमा ५६ रन जोडे । हरिस सोहेल ३२ र इमाम(उल(हक ११ रनमा आउट भए । अघा सलमान १३ रनमा अविजित रहे । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले दुई, ग्लेन फिलिप्स र टिम साउथीले एकरएक विकेट लिए ।

त्यसअघि कराँचीस्थित नेसनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो । उसका लागि माइकल ब्रेसवेलले ४३, टम लाथमले ४२, डारियल मिचेलले ३६, फिन एलनले २९, कप्तान केन विलियम्सनले २६, मिचेल सान्टनरले २१ र टिम साउथीले अविजित १५ रन बनाए ।

पाकिस्तानका लागि नसीम साहले १० ओभरमा ५७ रन दिएर ५ विकेट लिए । उनले एकदिवसीयमा दोस्रोपटक ५ विकेट लिएका हुन् । त्यस्तै, उस्मा मीरले दुई, मोहम्मद नवाज र मोहम्मद वसिमले एकरएक विकेट हात पारे । यो जितसँगै तीन खेलको श्रृंखलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । यी दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*