बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता

कोल्हवी न्यूज
२०७९ पुष २५, सोमबार ०७:५५ गते

ओसमन डेम्बेलेले पहिलो हाफमा गरेको गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ । यससँगै लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

यो जितपछि बार्सिलोनाको ४१ अंक भएको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ र उसको ३८ अंक छ । खेलको अन्त्यमा बार्सिलोना र एटलेटिको दुवै १० खेलाडीमा सीमित रहे ।

एटलेटिको भने हारसँगै पाँचौं स्थानमा झरेको छ । रियल बेटिसले भने चौथो स्थान कब्जा गर्न अर्को खेलमा रायो भाल्कानोलाई २–१ ले हरायो । तेस्रो स्थानमा रहेको रियल सोसिडाड पनि आल्मेरियामाथि २–० ले विजयी रह्यो ।एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*