दोस्रो टी-२० क्रिकेटमा श्रीलंकाले भारतलाई हरायो

कोल्हवी न्यूज
२०७९ पुष २२, शुक्रबार ०७:४५ गते

भारतसँगको दोस्री टी-२० क्रिकेटमा श्रीलंका विजयी भएको छ । पुनेमा गएराति भएको खेलमा श्रीलंकाले घरेलु टोली भारतलाई १६ रनले हराएको हो ।

पुणेमा श्रीलङ्काले दिएको २ सय ७ रनको लक्ष्य पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । भारतका अक्षर पटेलले ६५ रन तथा सूर्यकुमार यादवले ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । श्रीलङ्काका कप्तान शानका, दिल्सान मधुशङ्का र कुसुन रन्जिथाले समान २र२ तथा वानिन्दु हशरङ्गा र चमिका करुणारत्नेले समान १र१ विकेट लिए । यो जितसँगै तीन खेलको टी–२० शृङ्खला एकरएकको बराबरी भएको छ ।

यसअघि पहिले ब्याटिङ् गरेको श्रीलंकाका लागि दाशुन शनाकाले ५६ र कुशल मेन्डिसले ५२ रन बनाए । शनाकाले २० बलमै ५० रन हाने । उनले सबैभन्दा छिटो अर्धशतक बनाउने श्रीलङ्का पूर्व कप्तान कुमार साङ्गाकारा र महेला जयवर्धनालेको कीर्तिमान तोड्दै इतिहास रचेका हुन् ।

भारतका उमरान मल्लिकले ३ तथा अक्षर पटेलले २ विकेट लिए । तेस्रो तथा निर्णायक खेल शनिबार राजकोटमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*