इन्टरसँग नेपोलीको पहिलो हार
२०७९ पुष २१, बिहीबार ०७:०१ गते
एडिन जेकोको हेड गोलको मदतले इन्टर मिलानले इटालीको सिरी (ए) मा बुधबार नेपोलीलाई १–० ले हराएको छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीको यो सिजनकै पहिलो हार हो ।
खेलको ५६ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा जेकोले शक्तिशाली हेड गर्दै गोल गरेका हुन् । यस नतिजासँगै सिरी (ए) मा नेपोलीको ११ खेलको जित यात्रामा पनि पूर्णविराम लागेको हो ।
यो खेल जितेको भए नेपोलीले दोस्रो स्थानमा रहेको एसी मिलानमाथि आठ अंकको अग्रता खोल्ने थियो । इन्टर भने जितसँगै चौथो स्थानमा उक्लिन सफल रह्यो ।










