आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो

कोल्हवी न्यूज
२०७९ पुष २०, बुधबार ०६:५१

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको हो। त्यस्तै बराबरीमा रोकिँदा न्युक्यासल शीर्ष दुईमा उक्लन असफल रह्यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले ३-० गोलको सहज जित निकालेको हो।

खेलको २३ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडका लागि दोस्रो गोल लुक शले ४९ औं मिनेटमा गरे। त्यस्तै ८६ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दा युनाइटेडले ३(० को सहज जित निकालेको हो।

जितसँगै १७ खेलबाट ३५ अंक जोडेको युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान ३५ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा रहँदा ४४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ। दोस्रो स्थानमा ३६ अंक जोडेको म्यानचेस्टर सिटी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*