रासफोर्डको गोलमा म्यानचेस्टरको जित

खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वल्भ्सलाई पराजित गरेको छ ।
कोल्हवी न्यूज
२०७९ पुष १७, आईतवार ०६:५९ गते

युनाइटेडले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । युनाइटेडको जितमा रासफर्डले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।

मोलिनेअक्स स्टेडियम वल्भ्समा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ८४औं मिनेटमा रासफर्डले अर्को गोल थपेपनि उनको गोलले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता पाएन ।

प्रिमियर लिगमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि युनाइटेडले फुलहमलाई २–१ ले तथा नटिङहम फरेस्टलाई ३–० ले पराजित गरेको थियो ।

यस जितसँगै युनाइटेड १६ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग ८ अंकले पछि छ । आर्सनलले एक खेल कम खेलेको छ । पराजित वल्भ्स १३ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*