प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

कोल्हवी न्यूज
२०७९ पुष १२, मंगलवार ०७:५८ गते

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले ७ अंकको अग्रता लिएको छ ।

गयराति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो । दोस्रो स्थानमा रहेको लेस्टर सिटीले १६ खेलबाट ३३ अंक जोड्दा १ खेल कम खेलेको आर्सनलको १५ खेलबाट ४० अंक पुगेको छ ।

वेस्टह्यामले आफ्नै मैदानमा आर्सनलाई स्वागत गर्दा सुरुआती अग्रता भने उसैले लिएको थियो । २७ औं मिनेटमा मोहम्मद सइदले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा पुनारगमन गरेको थियो । आर्सनलका लागि बकायो साकाले गोल गर्दै खेल एक एक गोलेको बराबरीमा ल्याएका थिए ।

५८ औं मिनेटमा ग्याब्रिएल मार्टेनलीले गोल गरेपछि आर्सनले २–१ ले अघि बढेको थियो । यस्तै एडवार्ड निकेटले ६९ औं मिनेटमा गोल गर्दै आर्सनलको ३–१ को जीत पक्का गरे ।

प्रिमियर लिगकै अन्य खेलमा ब्रेन्टफोर्ड र टोटनह्यामले २–२ गोलको बराबरी खेल्दा न्यूक्यासलले लेस्टर सिटीमाथि ३–० को जित पक्का गरेको थियो ।

यस्तै व्राइटनले साउथह्याम्पटनमाथि ३–१ गोलको जित दर्ता गर्दा फुलह्यामले क्रिष्टल प्यालेसमाथि ३–० को सजह जित दर्ता गरेको थियो । वुल्भसले एभर्टनलाई २–१ गोलले पछि पार्दा लिभरपुलले एस्टोन भिल्ला माथि ३–१ गोलको जित पक्का गर्न सफल भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*