हेटौंडामा निर्वाचन बिथोल्न खोज्ने ७ जना पक्राउ

कोल्हवी न्युज
२०७९ मंसिर ४, आईतवार १३:३८

मकवानपुर:हेटौंडामा संचालन भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न खोज्ने ७ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
बिहान ९ः५० बजेको समयमा हेटौंडा–१० बसपार्कस्थित नेकपा बहुमत समुह मकवानपुरका इन्चार्ज हेटौंडा–१० बस्ने ४१ वर्षीय रबि खड्कासहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा नेकपा बहुमत समुहका जिल्ला संयोजक हेटौंडा–१५ बस्ने ४८ वर्षीय शक्ति मगर, समुह जिल्ला सचिवालय सदस्य बागमती गाउँपालिका–४ बस्ने ५१ वर्षीय लिला माझी, समुहका जिल्ला सदस्यहरु क्रमशः हेटौंडा–१० बस्ने ४३ वर्षीय अजय गहतराज, हेटौंडा–११ बस्ने ३५ वर्षीय विकास लामा, बागमती गाउँपालिका–८ बस्ने ५० वर्षीय अनिल सिङ्तान र समुहका जिल्ला युवा अध्यक्ष हेटौंडा–८ बस्ने ३० वर्षीय बसन्त लामा रहेका छन् ।
उनीहरुलाई प्रहरी नायव उपरीक्षको कमाण्डमा खटिएको प्रहरी टोली पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लागिएको जनाइएको छ।स्रोत: तु खबर बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*